आर्थिक

घट्यो सुन र चाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ?

By खबरहब

May 25, 2023

काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ।

जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो।

आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ।

बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।