कोशीका ९७ प्रतिशत घरपरिवार शौचालयको पहुँचमा | Khabarhub Khabarhub

कोशीका ९७ प्रतिशत घरपरिवार शौचालयको पहुँचमा


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौँ र तथ्यांक कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना-२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३० दशमलव तीन प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८  रहेको तथ्यांकमा उल्लेख छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार नौ ४३   थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको सङ्ख्या दुई हजार नौ सय २८ मध्ये प्रदेशमा यसको १० दशमलव चार प्रतिशत छ ।

प्रदेशमा वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ छ । जनगणनाअनुसार प्रदेशको कूल जनसङ्ख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसङ्ख्या क्रमशः २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत छ ।

प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या मोरङमा ११ लाख ४८ हजार एक सय ५६ जना छन् भने सबैभन्दा कम जनसङ्ख्या तेह्रथुममा ८८ हजार सात सय ३१ रहेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसङ्ख्या भएका जिल्ला हुन् भने कम जनसङ्ख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशःदोस्रो र तेस्रो स्थानमा छन् ।

प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले खाना पकाउन काठ-दाउराको प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाको क्रमशः ४१ दशमलव दुई, तीन दशमलव चार, एक दशमलव तीन, शून्य दशमलव पाँच, शून्य दशमलव शून्य चार र शून्य दशमलव दुई प्रतिशत छ ।

जनगणनाअनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार पाँच सय ५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत बढी छ ।

प्रदेशका कूल जनसङ्ख्याको दुई दशमलव चार प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेकोमध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत छन् । प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसङ्ख्यामा ७९ दशमलव सात प्रतिशत साक्षरता रहेकोमध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत छ ।

प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह उत्तीर्ण गर्ने ११ दशमलव तीन प्रतिशत र एसइईभन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १६ दशमलव सात प्रतिशत छन् ।

प्रदेशमा पाँच वर्ष वा सोभन्दा कम उमेरका कूल चार लाख ६२ हजार छ सय २५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतिशतको जन्मदर्ता नभएको देखिन्छ ।

प्रदेशमा पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष रहेको छ । जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष छ । प्रदेशमा विद्युत् प्रयोग गर्ने परिवारको सङ्ख्या ९३ दशमलव सात प्रतिशत छ । जुन २०६८ को जनगणनामा यस्तो सङ्ख्या ६५ दशमलव आठ प्रतिशत थियो । प्रदेशमा स्मार्टफोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत छ ।

महिलाका नाममा घर वा जग्गा वा दुवै हुने परिवारका सङ्ख्या २८ दशमलव चार प्रतिशत छ । जुन २०६८ को तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी छ । प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले तथ्यांकका आधारमा राज्यले उपलब्ध गराउने सेवासुविधा तथा कृषि, उद्योग, उत्पादकत्व, बजार व्यवस्थामा सहयोग पुग्ने विचार राखे ।    

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख मुन्नीकुमारी चौधरी, कार्यालयका निर्देशक केशवकुमार गौतम र अधिकृत नन्दलाल सापकोटाले योजना निर्माण, विकास र शान्ति सुरक्षामा तथ्यांक उपयोगी हुने विचार राखे । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १२ : ३३ बजे

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको