गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ? « Khabarhub

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१औँ जन्मदिन मनाउँदैछन्। करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ।

धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन्। करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन्। तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुचि छैन।

‘मलाई संगीत मनपर्छ। मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ। यिनीहरूका लागि म माफी माग्दिनँ। मलाई मानिसहरूले तपाईँ वास्तविक मुद्दामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ। मलाई सबै कुरा गर्न मजा लाग्छ। तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरू प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन्।

करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन्। ‘म गम्भीर हुन चाहन्नँ। म मजेदार र शानदार फिल्म बनाउन चाहन्छु’, उनी भन्छन्। रणवीर सिंह र आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ २८ जुलाईमा रिलिज हुँदैछ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १२ : २८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको