मिस हेरिटेज ग्लोबलमा नेपालकी मुना « Khabarhub

मिस हेरिटेज ग्लोबलमा नेपालकी मुना


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’ को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले गर्ने भएकी छन् । उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन् ।

प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन् । मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने प्रतियोगिताका सहभागीबीच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन् ।

‘मिस हेरिटेज ग्लोबल नेपाल’का नेशनल डाइरेक्टर उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्‍याउने बताए ।

भारतको बेङ्गलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँको राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पुर्‍याउनुका साथै युवतीहरूलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  २ : ११ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ