झापामा पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र « Khabarhub

झापामा पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा– भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ देखि २०७९-८० सम्ममा एक सय ५१ दशमलव १ किमी सडक कालोपत्र गरेको जनाएको हो । कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्दछ ।

जिल्लाका विभिन्न स्थानमा छ देखि ३० किमीसम्म सडक कालोपत्र भएका कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताए। उनले प्रदेश सरकारले बनाएका योजनाअन्तर्गत बजेट निकासी हुन नसक्दा थप सडक कालोपत्र हुन नसकेको बताए । ‘जिल्लामा थुप्रै योजना अधुरा छन्’, उनले भने, ‘बजेट अभावले भने जस्तो काम हुन सकेको छैन ।’ प्रमुख श्रेष्ठका अनुसार दर्जनौँ सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्र भइरहेका छन् । 

उनले आधादर्जन बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट भुक्तानी गर्न नसकिएको जानकारी दिए । हालै कालोपत्र भएका धुलाबारी–ज्यामिरगढी–भन्द्रपुर, सतासीधाम झिलझिले, दुगापुर दानाबारीदेखि इलाम जाने सडक, दमक–५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई–तीन सुरुङ्गादेखि बोर्डरसम्मको सडकको भुक्तानी गर्न नसकिएको प्रमुख श्रेष्ठले बताए । बजेट अभावका कारण ठेकेदारलाई भुक्तानी गर्न नसकिएको नको भनाइ थियो । प्रमुख श्रेष्ठले भने, ‘हामीसँग योजना छ, दक्षजनशक्ति छ तर पर्याप्त बजेट छैन ।’ 

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्र भएपछि स्थानीयवासी खुसी छन् । सडक कालोपत्र भएपछि वर्षौँदेखिको धुलो र हिलोबाट मुक्ति मिलेको स्थानीय रोशन न्यौपानेले बताए। सडक कालोपत्रसँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवातवापतमा सजिलो भएको छ ।

सोही अवधिमा इलाम र झापामा १० मोटरेवल पुल, १३ झोलुङ्गे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इञ्जीनीयर अमृतकुमार दाहालले बताए । उनले दुवै जिल्लाका विभिन्न खोलामा ३२ मिटरदेखि एक सय २० मिटरसम्म लम्बाइ भएका झोलुङ्गे पुल बनाएको बताए। 

इलामका रतुवामाई, शिवा, झुत्रेमा छ र झापाका देउनिया, हडिया, अदुवालगायत पाँच खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको दाहालले बताए। उनका अनुसार जिल्लामा आठ मोटरेवल पुल निर्माण भएका छन् भने इलाममा दुई वटा मात्र निर्माण भएका छन् । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ३ : ४७ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र