विराटनगरबाट ३६ केजी चाँदीसहित तीनजना पक्राउ « Khabarhub

विराटनगरबाट ३६ केजी चाँदीसहित तीनजना पक्राउ


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगरबाट ३६.८ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ ।

३६ केजी चाँदीका विभिन्न गहनासहित विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र  २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

उनीहरूको साथबाट आठ ग्राम सुन पनि बरामद गरिएको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रमा भएका सुनचाँदीका गरगहनाका चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरु सुनचाँदीसहित पक्राउ परेका हुन् । 

बरामद सुनचाँदीको मूल्य करिब ६१ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ४ : ४१ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन