आइपीएलमा सट्टाबाजी खेलाउने गिरोह पक्राउ « Khabarhub

आइपीएलमा सट्टाबाजी खेलाउने गिरोह पक्राउ


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।

आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका-६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबार राति आइपीएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

श्रीवास्तवको घरमा आइपीएलको सट्टाबाजी चलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै