भारत केरालाको कोचीमा १५ वर्षपछि यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न « Khabarhub

भारत केरालाको कोचीमा १५ वर्षपछि यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोची- भारतको केराला राज्यको कोची सहरमा १५ वर्षमा पहिलो पटक यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न भएको छ । कोची सहरमा रहेको कुम्बलम रिसोर्टमा रेचल बिनोए मलाखी र रिचर्ड जक्यारी रोवेबीच यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न भएको हो ।

इजरायली यहूदी धर्मगुरु रब्बाई आरेयल सियोनले यस विवाह समारोह सम्पन्न गराएको द न्युज मिनेटले जनाएको छ । यस अवसरका लागि रब्बाई इजरायलबाट भारत पुगेका थिए ।

केरलाको थिरुवनन्तपुरमकी रेचल हाल अमेरिकामा वैज्ञानिकको रुपमा कार्यरत रहेको जनाइएको छ । त्यसैगरी, रिचर्ड अमेरिकी मूलका यहूदी रहेको र उनी नासामा इन्जिनियरको रुपमा कार्यरत रहेको जनाइएको छ ।

यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न हुनका लागि १० जना वयष्क यहूदी पुरुषको उपस्थिती अनिवार्य मानिन्छ । विवाह समारोहमा दुबै परिवारका नजिकका आफन्तको उपस्थिती रहेको थियो ।

कोचीमा अझै पनि २५ जना यहूदी धर्मावलम्बीको बसोबास रहेको छ । यसअघि सन् २००८ मा उक्त सहरमा यहूदी परम्परा अनुसार विवाह समारोह सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : २७ बजे

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन