प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे बस्ने बैठकको सुरुमा विनियोजन विधेयक, २०८० उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

छलफलमा सांसदहरू डा. अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव गर्ने कार्यसूची छ । 

यस्तै, आजको बैठकमा विनियोजन विधेयक अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

आज गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : २६ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार