जसपा नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै « Khabarhub

जसपा नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ ।

जसपा केन्द्रीय समितिको हिजो बसेको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा आज प्रस्तुत गरिने छ ।

यसैगरी भोलि सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । असार १२ गते  विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८ सय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ४४ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि