देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै « Khabarhub

देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आज ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । 

स्थानीय तहको आगामी आव २०८०–८१ का लागि शनिबारसम्म १०  स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब ७४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार गण्डकी प्रदेशका चार, कोशी प्रदेशका दुई, सुदूरपश्चिम प्रदेशका दुई, मधेश प्रदेशका एक र बागमती प्रदेशका एक गरी १० स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन् ।

असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । 

चालु आव २०७९–८० का लागि ५२ पालिकाले निर्धारित समयमै बजेट पेस गर्न सकेका थिएनन् ।    

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म दुई पालिकाले बजेट ल्याएको जानकारी वेबसाइटमा प्रविष्ट गरेका छैनन् । 

पछिल्ला वर्षमा धेरै स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेका थिएनन् । 

यसले गर्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ भने बजेट ढिला आउँदा खर्चमा समेत प्रभाव पर्ने गरेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : ५७ बजे

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका