मृत्युको जोखिममा अमेरिका यात्रा | Khabarhub Khabarhub

मृत्युको जोखिममा अमेरिका यात्रा


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

उनीहरू आफ्नो कथा भन्दै हाँसी रहेका थिए। हाँसी मजाकमै उनीहरूले क्युबाको हवानाबाट अमेरिकासम्मको डरलाग्दो यात्राको कहानी सुनाएका हुन्। कथा सुरु भएको हो, १६ नोभेम्बर २०२२ बाट। उनीहरू थिए, हवानाको बन्दरगाहबाट ३० माइल परको दुरीमा। आठ जनाको क्षमता भएको माछा मार्न प्रयोग गरिने त्यो डुङ्गा खचाखच भरिएको थियो। ती मध्ये चार सात वर्ष मुनीका बच्चा र दुई जना टिनएजर थिए। यत्ति धेरै तौल हुनुका बाबजुद डुङ्गा बेजोड गतिमा कुदी रहेको थियो। त्यसै समयमा आएको हावा र हुरीका कारण डुङ्गामा पानी प्रवेश गर्छ। ‘यो केही सेकेन्डको मात्र कुरा थियो। हुरीले डुङ्गा पल्टियो,’ बाँचेका दुई मध्येका एक अलेक्जेन्डर भन्छन्।

कडासँग समाइरहेका अलेक्जेन्डर भने डुब्नु अघि नै हामफाल्न सफल भएका थिए। माइल भन्दा गहिरो फ्लोरिडा स्ट्रेटको दहमा त्यो डुङ्गा हेर्दा हेर्दै हराएको थियो। वयस्क सतहमा पुग्न भ्याए। अन्य बच्चाहरू त्यही हराए।

कडासँग समाइरहेका अलेक्जेन्डर भने डुब्नु अघि नै हामफाल्न सफल भएका थिए। माइल भन्दा गहिरो फ्लोरिडा स्ट्रेटको दहमा त्यो डुङ्गा हेर्दा हेर्दै हराएको थियो। वयस्क सतहमा पुग्न भ्याए। अन्य बच्चाहरू त्यही हराए। तिनीहरूका आमा चिच्याइ रहेका थिए। ‘एउटा बच्चालाई वयस्कले काँधमा राखेर उद्धार गर्न खोजेको थियो। तर, कसैलाई काँधमा राखेर तर्न असम्भव नै थियो’, अलेक्जेन्डरसँग कम्पास थियो। त्यसैको सहरमा उनले वयस्कलाई प्रभावित गरे। यसैको सहरमा क्यारेबीयन समुद्रमा सही बाटो तय गर्न प्रयासरत भए।

यिनै मध्ये बच्चा हराएकाहरू ढुङ्गा डुबेको स्थानबाट टसमस गर्न चाहेनन्। बच्चा भेट्टाइन्छ कि भनेर त्यही अलमलिए। यस कारण दुई जना मात्र त्यहाँबाट छुट्टिएका थिए। अलेक्जेन्डर लगातार पौडनु भन्दा उनीहरूलाई सहयोग गर्न मन लाग्यो। रातको समयमा मौसमका कारण त्यो कम्पास पनि नदेख्ने भएको थियो। त्यसै समयमा कतै जहाज फेला पर्ने हो की भन्ने आस पनि उनलाई थियो।

त्यसको एक घण्टापछि नै अर्को जहाज पनि त्यही डुब्यो। उनले त्यसै समयमा अलेक्जेन्डरले प्लास्टिकको भाँडा भेट्टाए। उनले त्यसै प्लास्टिकको बट्टामा रहेर आफूलाई अघि बढाउँदै थिए। यसै क्रममा बिहान १० बजे एउटा व्यापारीले जहाज उनले फेला पारे। त्यसपछि अमेरिकी तटीय गार्डलाई यस कुराको जानकारी गराइएको थियो। अर्को जहाजबाट उद्धार गरिएका ८ जना समुद्रबाट बाहिर निकालिए। अलेक्जेन्डर धेरै दिनसम्म खान र हिँड्न पनि नसक्ने भए।

संसारको आँकडा हेर्ने हो भने अफगानिस्तान, अल्जेरिया र म्यानमारका आप्रवासीको ज्यान धेरै गएको छ। सन् २०२३ को १४ जुनसम्म दुई हजार आप्रवासीले अमेरिका जाने प्रयासमा ज्यान गुमाएका छन्।

देश छाड्ने प्रयास गर्ने क्रममा अलेक्जेन्डर दुई पटक यसरी झन्डै मृत्युको मुखमा पुगेका थिए। इन्टरेसनल अर्गनाइजेसन अफ माइग्रेसनको तथ्यांक अनुसार यसरी भाग्यमानी हुने व्यक्ति कमै मात्र हुन्छन्।

सन् २०१४ मा तथ्यांक राख्न सुरु गर्दा अमेरिकामा गत वर्ष दोस्रो धेरै माइग्रेसन मृत्युको आँकडा देखिएको थियो। सन् २०२२ मा मात्र १ हजार ४ सय जनाको ज्यान गएको थियो। आइओएम भने यो तथ्याङ्क भन्दा एकदमै धेरै त्यसरी ज्यान गुमाउनको सङ्ख्या हुन सक्छ। घरेलु भूमिको खराब अवस्थाका कारण मानिस त्यो दुख र कष्ट सहेर भए पनि देश छोड्न बाध्य छन्।

आफ्नो देशको राजनीतिक र आर्थिक अवस्थाका कारण धेरै जना त्यो जोखिमपूर्ण निर्णय लिन पुगेका हुन्। गत वर्ष अमेरिका जाने क्रममा यसरी मर्ने मध्य सबैभन्दा धेरै क्युबाका थिए। त्यसपछि मेक्सिको र भेनेजुएलाका थिए।

संसारको आँकडा हेर्ने हो भने अफगानिस्तान, अल्जेरिया र म्यानमारका बासिन्दा आप्रवासीको ज्यान धेरै गएको छ। सन् २०२३ को १४ जुन सम्म २ हजार जना आप्रवासी अमेरिका जाने प्रयासमा ज्यान गुमाएका छन्। ‘देशको असमानता र गरिबीका कारण धेरै जना त्यहाँ गई रहेका छन्।’ आइओएमकी प्रोजेक्ट अफिसर जुलिया ब्ल्याक भन्छिन्।

यसरी जाने व्यक्ति स्थायित्वको खोजीमा विदेशलाई आफ्नो लक्ष्य बनाइरहेका हुन्छन्। ब्ल्याककै अनुसार भू–मध्यसागरीय क्षेत्रमा धेरै ज्यान गएको तथ्यांक फेला परिसकेका छन्। समयमै सचेत नभए अझ गम्भीर दुर्घटना आउनसक्ने उनको चिन्ता छ।

अहिले सबैभन्दा धेरै व्यक्ति क्युबाबाट जाने छन्। यसरी देश छाड्ने सबै भन्दा धेरै गरिबीका कारण भन्दा राजनीतिक र व्यक्तिगत स्वतन्त्रताको खोजीमा त्यहाँ पुग्ने हुन्।

यसरी आउने समस्याका मूल कारण खोजी गर्ने र त्यहाँको नाकामा ध्यान नदिने हो भने अगामी दिन अझ गम्भीर हुने दिन पनि आउन सक्ने छ। छिमेकी देशबाट मात्र दक्षिण एसियाबाट समेत लामो यात्रा पार गर्दै महिनौं लगाएर जोखिमको बाटोमा अमेरिका पुग्नेको कथा बाहिर नआएको होइन।

अहिले सबैभन्दा धेरै व्यक्ति क्युबाबाट जाने छन्। यसरी देश छाड्ने सबै भन्दा धेरै गरिबीका कारण भन्दा राजनीतिक र व्यक्तिगत स्वतन्त्रताको खोजीमा त्यहाँ पुग्ने हुन्। यस्ता धेरै पीडाका घटना बारम्बार बाहिर आएका छन्। जनवरी महिनामा बहमासबाट फ्लोरिडा जाने क्रममा भएको दुर्घटनामा एक जना मात्र बाचेका थिए। उनी त्यसै सङ्घर्षका साथ अमेरिका पुगेका थिए। उनको कठिन यात्राका कथा पनि समाचारमा उल्लेख थिए।

उनकी बहिनी हराएकी थिइन्। कोलम्बियाको काउका उपत्यकाबाट उनको उद्धार गरिएको थियो। त्यसै समयमा अमेरिकी कोस्ट गार्डले पाँच वटा शव बाहिर निकालेका थिए। यात्रा गरीरहेका ४० जनाले लाइफभेस्ट नै लगाएका थिएनन्।

भूमध्य सागरीय र क्यारेबीयन क्षेत्र अहिले मान्छेको जीवन लीला अन्त्य गर्ने मुख्य कारण बन्न सुरु गरेको छ। अबको समय यसका बारे बहस संसारमा नै चल्ने छ।

पछिल्लो समय जलवायु परिवर्तन असर यस्तो देखिएको छकी समुद्रमा हुने दुर्घटनाको जोखिम एकाएक बढेको छ। ठूला जहाजको जोखिम जत्ति छ त्यो भन्दा बढी फिसिङ बोटको जोखिम अत्यधिक छ। केही दिनअघि दक्षिण ग्रिसमा ढुङ्गा पल्टिदा १ सय जनाको उद्धार गर्नु परेको थियो। ग्रिसको त्यो ढुङ्गा ८० किलोमिटर तल पुगेको थियो।

भूमध्य सागरीय र क्यारेबीयन क्षेत्र अहिले मान्छेको जीवन लीला अन्त्य गर्ने मुख्य कारण बन्न सुरु गरेको छ। अबको समय यसका बारे बहस संसारमा नै चल्ने छ।
स्रोतः बीबीसी, सीएनएन

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ०१ बजे

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडाैं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा