जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्यीय केन्द्रीय समिति « Khabarhub

जसपा नेपालमा ७० वर्षे उमेर हद, १५१ सदस्यीय केन्द्रीय समिति


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीमा ७० वर्षे उमेर हद कायम गर्ने भएको छ । आजबाट काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदा विधानमा सो उमेर हदको व्यवस्था गरिएको हो ।

केन्द्रीय समितिबाट हिजो अनुमोदित भएको सो विधान आज सुरु हुने विधान अधिवेशनमा पेश गरिँदै छ ।

जसअनुसार ७० वर्ष उमेर पुगेको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन् । यो प्रस्ताव पारित भएमा सो उमेर हदको व्यवस्था तुरुन्तै लागू हुनेछ ।

त्यसैगरी, एक व्यक्तिले दुई कार्यकाल भन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने पनि व्यवस्था गरिएको छ ।

प्रस्तावित मस्यौदामा जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख गरिएको छ।

जसपा नेपालले सानो तथा छरितो केन्द्रिय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ । जसअनुसार अबदेखि राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ।

प्रस्तावित विधान अनुसार नयाँ केन्द्रिय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४ सय ४० केन्द्रिय सदस्य रहेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ४७ बजे

बाढीबारे प्रधानमन्त्रीको सम्बोधन- मानव सभ्यताले भोगेको ठुलो घटना हो, पूर्व जानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो

डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि