सवारी दुर्घटनामा एकजनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एकजनाको मृत्यु


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको ।
दुर्घटनामा स्कुटरको पछाडी सवार हेटौँडा–१ जरुवाटोलका अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट घाइते भएका कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

स्कुटरका चालक सामान्य घाइते भएको र हेटौँडा अस्पतालमा उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ४३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली