जब डाक्टरले काटिएको हात खुट्टामा जोडिदिए... | Khabarhub Khabarhub

जब डाक्टरले काटिएको हात खुट्टामा जोडिदिए…


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– डाक्टरलाई भगवानको दर्जा दिने गरिएको छ, किनभने बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् । 

चीनमा यस्तै चमत्कार भएको छ, जहाँ चिकित्सकको टोलीले बिरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेका छन् । हालै मोरबिड नलेज नामक ट्वीटर पोस्ट मार्फत डाक्टरहरूको यो अद्भूत प्रयासको बारेमा थाहा पाएपछि मानिसहरू छक्क परेका छन्।

यस ट्वीटमा चिनियाँ डाक्टरहरूले बिरामीको काटिएको हातलाई कसरी जीवित राख्न बिरामीको खुट्टामा टाँसेर राखेको बताइएको छ। 

चिनियाँ कारखानाका एक कामदारको देब्रे हात मेसिनले काटेको थियो । त्यसपछि डाक्टरहरूले बायाँ हातलाई बिरामीको खुट्टामा सिलाए । जसमा हातलाई खुट्टाको धमनीबाट रगत आपूर्ति हुन्छ र हात जीवित रहन्छ।

खुट्टामा जोडिएको यो हातको तस्वीर सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ ।

जब एक महिना पछि हात ठीक भयो त्यसपछि डाक्टरहरूले फेरि शल्यक्रिया गरे र बिरामीको काटिएको हात पुनः जोडिदिए । यो शल्यक्रिया सफल भएपछि डाक्टरको निकै प्रशंसा भएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनको हातमा धेरै हलचल भएको र उनी हातलाई धेरै डिग्रीसम्म झुकाउन सक्षम भएको बताइएको छ ।

एक महिनादेखि खुट्टामा टाँसिएका कारण हातको स्नायु प्रक्रिया कम भएकोले बिरामीको हात पूर्ण रूपमा सक्रिय हुन कम्तिमा ६ महिना लाग्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ०९ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको