विराटनगर महानगरले ल्यायो नीति तथा कार्यक्रम | Khabarhub Khabarhub

विराटनगर महानगरले ल्यायो नीति तथा कार्यक्रम


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ । सभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन् ।

‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्यम सोचका साथ आव २०८०/८१ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको उनले जानकारी दिइन् ।

“स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पुर्‍याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनिक व्यवस्थापनलगायत विषयमा बजेट छुट्याउँदा  विकास निर्माणमा चाप पर्ने गरेको छ”, उपप्रमुख कार्कीले भनिन् ।

महानगरको सीमित स्रोत साधनबाट मात्र नगरको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, सङ्घ संस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ थियो ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, पन्ध्रौँ योजनाको दीर्घकालीन अवधारणा, प्रदेशको प्रथम आवधिक योजना, राष्ट्रिय योजना आयोगको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन र विषयगत समिति, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा सङ्घ संस्थाको सल्लाह र सुझावलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपक्षी विकास, सहकारी, पर्यटन, उपभोक्ता हित संरक्षण, उद्यमशीलता, उद्यम र रोजगार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सामुदायिक विकास, महिला तथा बालबालिका, साहित्य, ज्येष्ठ नागरिक, अपाङ्गता, पञ्जीकरण तथा सामाजिक सुरक्षाम जोड दिइएको छ ।

त्यसैगरी, पूर्वाधार विकास, विद्युत् ऊर्जा, वन वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सरसफाइ व्यवस्थापन, आर्थिक प्रशासन, सामान्य प्रशासन, राजस्व प्रशासन, सूचना र प्रविधि, कानुन न्याय जस्तामा अधिकतम लगानी, सेवा र विकास गर्ने लक्ष्यसहित बनाइएको नीति तथा कार्यक्रम उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेकी हुन् । नगरसभा बैठक महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ५० बजे

लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

काठमाडौं– ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र

‘रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५

सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ