‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत « Khabarhub

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसूर कायम गरी सजायको व्यवस्था गर्न र घरायसी लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था गर्न गत वैशाख २० गते मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।

दुवै सदनबाट स्वीकृत भइसकेको उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन आवश्यक भएकाले अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी यो विधेयक तयार पारिएको कानूनमन्त्री गुरुङले बताए ।

मुलुकी देवानीसंहिता, २०७४, मुलुकी कार्यविधिसंहिता, २०७४, मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ लाई जारी संशोधन गर्न जारी भएको उक्त अध्यादेश प्रतिनिधिसभाबाट गत वैशाख २७ गते र राष्ट्रिय सभाबाट जेठ ५ गते स्वीकृत भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ०३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा