दाङका सबै स्थानीय तहले ल्याए बजेट « Khabarhub

दाङका सबै स्थानीय तहले ल्याए बजेट


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् ।

घोराही र तुलसीपुर दुई उपमहानगरपालिका सहित सबै स्थानीय तहले आइतबार बजेट प्रस्तुत गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ७९ करोडको बजेट ल्याएको छ । यो बजेट गत वर्षको भन्दा ७ करोड कम होlocal

गतवर्ष ३० करोड १२ लाख आन्तरीक श्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोड मात्रै लक्ष्य राखेको छ । तुलसीपुरले कृषी, पशु र पर्यटनको विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धी र वित्तिय क्षेत्रको सुधार गर्दै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

यस्तै घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषी र रोजगारलाई प्राथमिक्तामा राखेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ ।

उपप्रमुख हुमा कुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेट मध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख रुपैयाँ अर्थात ५९ दशमलव ४० प्रतिशत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड १४ लाख, संघिय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख, प्रदेश समानिकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८३ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड व्यहोरिने छ ।

चालु आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

दाङका दुई उपमहानगर सँगै लमही नगरपालिका र ७ वटा गाउँपालिकाले पनि आइतवार नै बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : ५५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट