दाङका सबै स्थानीय तहले ल्याए बजेट « Khabarhub

दाङका सबै स्थानीय तहले ल्याए बजेट


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् ।

घोराही र तुलसीपुर दुई उपमहानगरपालिका सहित सबै स्थानीय तहले आइतबार बजेट प्रस्तुत गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ७९ करोडको बजेट ल्याएको छ । यो बजेट गत वर्षको भन्दा ७ करोड कम होlocal

गतवर्ष ३० करोड १२ लाख आन्तरीक श्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोड मात्रै लक्ष्य राखेको छ । तुलसीपुरले कृषी, पशु र पर्यटनको विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धी र वित्तिय क्षेत्रको सुधार गर्दै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

यस्तै घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषी र रोजगारलाई प्राथमिक्तामा राखेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ ।

उपप्रमुख हुमा कुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेट मध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख रुपैयाँ अर्थात ५९ दशमलव ४० प्रतिशत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड १४ लाख, संघिय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख, प्रदेश समानिकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८३ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड व्यहोरिने छ ।

चालु आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

दाङका दुई उपमहानगर सँगै लमही नगरपालिका र ७ वटा गाउँपालिकाले पनि आइतवार नै बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : ५५ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको