झापा आन्दोलनकै जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : एमाले अध्यक्ष ओली « Khabarhub

झापा आन्दोलनकै जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : एमाले अध्यक्ष ओली


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् ।

आइतबार काठमाडौंमा केशवप्रसाद वडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकै कारण अन्य आन्दोलन सम्भव भएको दाबी गरेका हुन् ।

सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेदविरुद्ध भएकैले २०४६ सालमा तानाशाही राजतन्त्रविरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो ।

ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उल्लेख गरे । अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्वीकार्नुपर्ने बताए ।

२००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाँबाट कहाँबाट ल्याइए ? भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहीँ न कहीँबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हविगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको टिप्पणी गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : २३ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,