झापा आन्दोलनकै जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : एमाले अध्यक्ष ओली « Khabarhub

झापा आन्दोलनकै जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : एमाले अध्यक्ष ओली


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् ।

आइतबार काठमाडौंमा केशवप्रसाद वडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकै कारण अन्य आन्दोलन सम्भव भएको दाबी गरेका हुन् ।

सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेदविरुद्ध भएकैले २०४६ सालमा तानाशाही राजतन्त्रविरुद्धको आन्दोलन पनि सम्भव भएको ओलीको तर्क थियो ।

ओलीले गणतन्त्र प्राप्तिका लागि २०६२ सालमा भएको आन्दोलन पनि झापा आन्दोलनकै श्रृंखलाका रुपमा रहेका उल्लेख गरे । अध्यक्ष ओलीले देशभित्र भएका आन्दोलनमा छिमेकीको नियतीले पनि प्रभाव पारेकाले आन्दोलन कमजोर भएको स्वीकार्नुपर्ने बताए ।

२००७ सालको क्रान्ति होस् या अन्य क्रान्तिमा उठाइएका हतियार कहाँबाट कहाँबाट ल्याइए ? भन्ने प्रश्नले पनि नेपालको आन्दोलन कहीँ न कहीँबाट प्रभावित थियो भन्ने पुष्टि गर्ने ओलीको भनाइ छ ।

त्यस्तै अध्यक्ष ओलीले विदेशी शक्तिको आडमा पार्टी फुटाउनेहरुको हविगत पनि देखिन थालेको भन्दै चोइटिएर जानेहरुको अस्तित्व नै समाप्त हुन लागेको टिप्पणी गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : २३ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको