भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड « Khabarhub

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १३औँ नगरसभामा नगर उपप्रमुख चित्रसेन अधिकारीले सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

भरतपुर महानगरको आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट रु एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट रु ५० करोड, बैैंक मौजाद रु एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ । अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु एक अर्ब १० करोड रहने प्रक्षेपण गरिएको अधिकारीले नगरसभामा जानकारी दिए ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट रु एक अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ ।

हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने छ । यसरी कार्यान्वय हुने योजनाहरुका लागि प्रत्येक वडाका लागि रु दुई करोड ७५ लाखको दरले जम्ममा रु ७९ करोड ७५ लाख प्रस्ताव गरिएको छ ।

महानगरपालिकाका ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माणका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १० करोड, महानगरभित्र स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण, फाउन्डेसन सहितको मेसजाली निर्माण, हरियाली सहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, ओभरहेड ब्रिज निर्माण, परियोजना बैैंक निर्माण लगायतका सहरी सौन्र्दय र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी नीति कार्यान्वयन गर्न एकमुष्ट रु १६ करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा स्रोत सुनिश्चितता गरी ठेक्का लगाइएका योजनाहरुका लागि रु १२ करोड बजेट विनियोजन गरिएको नगरसभामा जानकारी गराइएको छ ।

नक्सा प्रणालीलाई व्यवस्थित गर्नका लागि बजेटको व्यवस्था गरिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता, कृषकहरूको क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणका तालिमहरु सञ्चालन, कृषकहरूलाई अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने, खाद्यान्न बीउ उत्पादन गर्ने, कृषकलाई उत्पादन परिमाणका आधारमा अनुदान दिने लगायतका कृषिसम्बन्धी नीति कार्यान्वयन गर्नका लागि रु सात करोड विनियोजन गरिएको छ । बालबालिका ज्येष्ठ नागरिक तथा लक्षित महिला समूहका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि रु चार करोड विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाले रु ६ अर्ब २१ करोड १९ लाख ७४ हजार बजेट विनियोजन गरेको थियो । अनुमानित आयमा २०८० जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड ५८ अर्थात् ६६ प्रतिशत आम्दानी गरेको सभालाई जानकारी गराइएको थियो ।

व्ययतर्फ चालु शीर्षकमा रु दुई अर्ब ६६ करोड १० लाख १९ हजार विनियोजन भएकामा २०८० जेठ मसान्तसम्म रु एक अर्ब ७५ करोड ५८ लाख ८८ हजार अर्थात् ६५ प्रतिशत र पूँजीगततर्फ रु तीन अर्ब ५५ करोड नौ लाख ५५ हजार विनियोजन भएकामा रु एक अर्ब २१ करोड ९१ लाख ६९ हजार अर्थात् ३५ प्रतिशत खर्च भएको छ । कूल खर्च रु दुई अर्ब ९८ करोड पाँच लाख अर्थात् ४८ प्रतिशत भएको अवस्था रहेको सभामा जानकारी दिइएको थियो । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य पूरा गर्नका लागि सङ्घीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहर्काय गर्न रु तीन करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको