अब अमेरिकामा रहेका भारतीयले एच-१ बी भिसा नवीकरण गर्न अमेरिकाबाहिर जानु नपर्ने « Khabarhub

अब अमेरिकामा रहेका भारतीयले एच-१ बी भिसा नवीकरण गर्न अमेरिकाबाहिर जानु नपर्ने


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- अब अमेरिकामा रहेका भारतीय मूलका व्यक्तिहरुले एच-१ बी भिसा नवीकरणका लागि अमेरिकाबाहिर जानु नपर्ने भएको छ । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब अमेरिकामा रहेका भारतीय मूलका व्यक्तिहरुले एच-१ बी भिसा नवीकरणका लागि अमेरिकाबाहिर जानु नपर्ने घोषणा गरेका हुन् ।

अमेरिकाको वाशिंटनमा रहेको रोनाल्ड रेगन भवनमा सम्बोधन गर्दै उनले अमेरिकाले अमेरिकाका थप दुई सहरमा वाणिज्य दूतावास खोल्ने समेत घोषणा गरे । भिसासम्बन्धी नयाँ व्यवस्थाले अमेरिकामा रहेका भारतीयहरूलाई सहज हुने उनको भनाइ छ ।

प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । अमेरिका भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै विभिन्न सभालाई सम्बोधन समेत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : २८ बजे

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन