विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमण, १३ जनाको मृत्यु « Khabarhub

विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमण, १३ जनाको मृत्यु


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले भने, “यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण हो र यो नरसंहार हो ।”

राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रूसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

पेशाले मजदुर रहेका ३५ वर्षीय साद फातोले एएफपीसँग कुरा गर्दै घाइतेको उद्धारका लागि आफूले सहयोग गरेको बताए ।

“रूसी गोलाबारूदहरू हामीमाथि वर्षा भयो,” आक्रमणको समयमा उनी टमाटर र काँक्रो अनलोड गरिरहेका आफुले गाडीबाट टमाटर र काँक्रो भारिरहेको बताउँदै फातोले भने ।

उनले भने, “यो घटना वर्णन गर्न सकिने दृष्य नै थिएन ।” आँखा अगाडी मृतकहरू, घाइतेहरूलाई देखेपछि आफ्नो काम छोडेर उनीसहित केहीले घाइतेलाई अस्पताल लाने प्रवन्ध गरेको बताए ।

घटनास्थलमा रहेका एएफपीका एक संवाददाताले घटनास्थलबाट कालो धुवाँको मुस्लो उठेको र एम्बुलेन्स, साइरन बजाउँदै घाइतेलाई बजारबाट अस्पताले पु¥याएको देखेका थिए । सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरूद्धको अभियानमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ३४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को