बाख्रापालक कृषकलाई आर्थिक अनुदान | Khabarhub Khabarhub

बाख्रापालक कृषकलाई आर्थिक अनुदान


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ ।

व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन् । महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो ।

पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई रु छ लाख २० हजार, वडा नं २० का ३२ कृषकलाई रु सात लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई रु १० लाख रकम प्रदान गरिएको छ ।

यसैगरी वडा नं २४ का ३७ जनालाई आठ लाख २० हजार, वडा नं २५ का २३ जनालाई चार लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई रु सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए । अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गरेका हुन् ।

वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । कृषकका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन् ।

सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ । महानगरको समृद्धिसँग कृषकको समृद्धि पनि जोडिनु पर्दछ, आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध छ ।’

कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आम कृषकलाई अनुरोध गरे । कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सिर्जना नगरिने उनको भनाइ थियो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको बताउनुभयो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : ४५ बजे

एमालेमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ आवश्यक : कर्ण थापाको 

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने एमाले

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।  दोलखाबाट

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।

ठगी प्रकरणमा परेका भारतीय अभिनेता तलपडेलाई सुप्रीम कोर्टबाट राहत

काठमाडौं– भारतीय अभिनेता श्रेयस तलपडेलाई सर्वोच्च अदालतले एक ठगी आरोपमा अस्थायी

किन मनाइन्छ गथांमुगः चःह्रे ?

काठमाडौं– गथांमुगः चःह्रे (नेपालीमास् गठेमंगल) नेवार समुदायको एक ऐतिहासिक, सांस्कृतिक