प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुखको भेट | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुखको भेट


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो । नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो । सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’