प्यालेस्टाइनमा इजरायली सेनाको कारवाहीमा तीन जना मारिए « Khabarhub

प्यालेस्टाइनमा इजरायली सेनाको कारवाहीमा तीन जना मारिए


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले मङ्गलबार प्यालेस्टाइनस्थित पश्चिम किनारको नाब्लस शहरमा गरेको कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ ।

नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ ।

सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली चलाइएको इजरायली सेनाले स्पष्ट गरेको छ । सैनिक जवानले आतङ्ककारीबाट तीन थान एम–१६ राइफल, एउटा बन्दुक, कारतूस र अन्य सैन्य उपकरण बरामद गरेका सेनाले एक विज्ञप्ति निकालेर बताएको छ ।

सन् १९६७ मा भएको छ दिन लामो युद्धपछि इजरायलले कब्जा गरेको पश्चिम किनारमा प्रायःसधै हिंसाका घटना भइरहन्छन् । गत वर्षको सुरुदेखि यस क्षेत्रमा इजरायललाई लक्ष्य गरेर प्यालेस्टिनीले शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ४० बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक