प्यालेस्टाइनमा इजरायली सेनाको कारवाहीमा तीन जना मारिए « Khabarhub

प्यालेस्टाइनमा इजरायली सेनाको कारवाहीमा तीन जना मारिए


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले मङ्गलबार प्यालेस्टाइनस्थित पश्चिम किनारको नाब्लस शहरमा गरेको कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ ।

नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ ।

सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली चलाइएको इजरायली सेनाले स्पष्ट गरेको छ । सैनिक जवानले आतङ्ककारीबाट तीन थान एम–१६ राइफल, एउटा बन्दुक, कारतूस र अन्य सैन्य उपकरण बरामद गरेका सेनाले एक विज्ञप्ति निकालेर बताएको छ ।

सन् १९६७ मा भएको छ दिन लामो युद्धपछि इजरायलले कब्जा गरेको पश्चिम किनारमा प्रायःसधै हिंसाका घटना भइरहन्छन् । गत वर्षको सुरुदेखि यस क्षेत्रमा इजरायललाई लक्ष्य गरेर प्यालेस्टिनीले शृङ्खलाबद्ध आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ४० बजे

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध