सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाइलाई सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरूको तुलनामा घटेको हो । यस दिन बैंकिङ र विकास बैंक समूहहरू बढी घटेका छन् ।  

यस दिन २६७ कम्पनीको ७७ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २७ लाख रुपैयाँसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ ।

 यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र ग्लोबल आइएमई बैंक परेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ३ : ४६ बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण