चिनियाँ विदेशमन्त्री छिन गाङ बर्खास्त « Khabarhub

चिनियाँ विदेशमन्त्री छिन गाङ बर्खास्त


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीन सरकारले विदेशमन्त्री छिन गाङलाई बर्खास्त गरेको छ ।

चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले गाङलाई चीन सरकारले बर्खास्त गरेको जनाएको हो । चीनको सिन्ह्वा समाचार संस्थाले गाङलाई बर्खास्त गरिएको जनाएको हो ।

चीनको संसदले उनलाई बर्खास्त गर्ने विषयमा मतदान गरेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ । उनको स्थानमा पूर्वविदेशमन्त्री वाङ यीलाई नयाँ विदेशमन्त्री नियुक्त गरिएको छ ।

सन् २०२२ सम्म चीनको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका वाङ हाल सत्तारुढ कम्युनिष्ट पार्टीको विदेश विभाग शाखाका निर्देशकका रुपमा कार्यरत रहेका छन् ।

यसअघि गाङ विगत एक महिनादेखि बेपत्ता रहेको बताइएको थियो । उनी एक जना टेलिभिजन प्रस्तोतासँग प्रेम सम्बन्धमा रहेको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ५ : २४ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो