पर्यटकीय गन्तव्य बन्दै ‘साँखदह’  « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै ‘साँखदह’ 


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुमरुकुमपश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै सुन्दर छ । लेकाली क्षेत्रमा रहेको समथर भूभागमा रहेको साँखगाउँको बीचमा रहेको दहका कारण पनि साँखगाउँ चर्चामा छ । साँखगाउँमा रहेको साँखदह पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

दह अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । मध्यपहाडी लोकमार्ग छेउमै रहेका कारण पनि यो दह पर्यटकको रोजाइमा परेको हो । साँखगाउँको पूर्वतिर एउटा टापु छ । उक्त टापुबाट साँखगाउँ र गाउँ रहेको दह देखिने भएकाले मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु गाउँ र दहको अवलोकन गरेरमात्र फर्कन्छन् । 

पछिल्लो पटक स्थानीय तहले दह वरपर विभिन्न संरचना निर्माण गरेपछि दह झनै हेर्न लायक भएको छ । बर्खाको समयमा दहमा पानी भरिएका कारण पनि सुन्दर देखिने स्थानीयवासी गोविन्द मगरले बताएका छन् । ‘पहिला–पहिला दह हेर्न कोही पनि आउँदैन थिए, जब मध्यपहाडी लोकमार्गमा गाडी चल्न थाले बिस्तारै यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ’, उनले भने । 

‘दहमा नयाँ संरचना पनि बनेका रहेछन्, पहिलाभन्दा दह हेर्न लायक बनेको रहेछ’, यहाँ घुम्न आएका गोपाल रावतले भने । दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुंगाबिच्छ्याइएको छ । ‘पहिला दह हेर्न आउँदा केही व्यवस्थित थिएन, भैँसी आहाल बसेका हुन्थे, अहिले संरक्षण गरिएको छ’, उनले भने । 

पर्यटन प्रवर्द्धनका लागि दह वरिपरि विभिन्न संरचना निर्माण गरिएका वडाअध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए। उनले भने, ‘अब दहमा स्थानीयका पशुचौपाया जान पाउने छैनन्, ताल अवलोकनका लागि सहज भएको छ ।’

दह परिसरमा दुई प्रतीक्षालय, दह वरिपरि ढुंगा बिच्छ्याएको बाटो,  रेलिङ र दह वरिपरि पर्खाल निर्माण गरिएको छ । त्यस्तै दह वरिपरिबाट आएको पानी निकासका लागि नालासमेत निर्माण गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए ।   

ताललाई व्यवस्थित बनाई सुन्दरता बढाउने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएका छन् । अब ताल अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने वडाध्यक्ष पाण्डेको भनाइ छ । ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ ।

ताललाई बाह्रै महिना भरिभराउ बनाउनका लागि बाहिरबाट पानी ल्याएर हाल्ने योजना रहेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको यो ताल मुसिकोट नगरपालिकाको आकर्षक गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ५ : २८ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न