प्रहरी निरीक्षक मृत्यु प्रकरणमा आमा छोरा पक्राउ | Khabarhub Khabarhub

प्रहरी निरीक्षक मृत्यु प्रकरणमा आमा छोरा पक्राउ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

गलकोट– होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। 

घटना शंकास्पद देखिएको भन्दै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका-६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । 

यस्तै मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बागलुङ ल्याउने तयारी थालिएको छ । शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ । 

आशा होटल एण्ड खाजा घरमा गए राति प्रहरी इन्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इन्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद हो, घटना शंकास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागि परेको छ ।’

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ५ : ३५ बजे

भारतको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

म्याग्दी–  म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस

मकवानपुरमा चिसोले भाइरल ज्वरो र श्वासप्रश्वासका बिरामी बढे

मकवानपुर– जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ, चित्लाङ र मार्खु

बूढीगंगा बाढीपीडितको गुनासो : चार वर्षमा पटक पटक बाढी फर्कियो, राज्यले फर्केर हेरेन

धनगढी – चार वर्षअघि बूढीगंगा नदीमा आएको बाढीका पीडितहरू राज्यबाट

अर्थसंक्षेप : ४९ अंकले बढ्यो नेप्से, प्रहरीले उठायो २ अर्ब बढी राजस्व

काठमाडौं- आज नेप्से ४९ अंकले बढेको छ । नेपाल प्रहरीले

प्रचण्डलाई सुदनको सुझाव- दस्तावेजमा योगा राख्ने भए मुन्दुमको बिजुवा पनि अटाऔँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले अध्यक्ष पुष्पकमल