निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो « Khabarhub

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरिएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिराले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो ।

सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले आफू अहिले कार्यस्थलभन्दा बाहिर रहेको भन्दै बुटवलतर्फको साइटमा निर्माण थालिएको टनेलमा पहिराले ठूलो क्षति पुर्‍याएको भन्ने आफूले जानकारी पाएको बताएका छन् । 

उनका अनुसार पहिराले पुरेर कुन भागमा कति क्षति भयो भन्ने यकिन विवरण भने तयार भएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाखमा सुरुङमार्गको काम अगाडि बढाएको थियो ।

वर्षामा ढलान गर्न नहुने नेपाली प्राविधिकको सुझावविपरीत परियोजनाले चार दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको थियो । एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीव्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।

सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिराले भत्काएपछि र पाल्पातर्फको रिपलाई यसअघिको पहिराले पुरेपछि आयोजनाको खर्च बढेको छ । सुरुङको प्रस्थानविन्दुको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ ।

सुरुङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । बाह्रै महिनादेखि पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । 

बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार एक सय २६ मिटर दूरीमा सुरुङमार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याममाथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायतका पूर्वतयारीका काम फागुन दोस्रो हप्तादेखि सुरु भएको थियो ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिराले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौँदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरुङमार्गको निर्माणअघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ४६ बजे

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार