हिन्दी भाषा प्रवर्द्धन गर्न भारतद्वारा राष्ट्रसंघलाई १० लाख डलर प्रदान « Khabarhub

हिन्दी भाषा प्रवर्द्धन गर्न भारतद्वारा राष्ट्रसंघलाई १० लाख डलर प्रदान


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्दी भाषालाई प्रचलनमा ल्याउनका लागि भारतले संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघीय विश्वव्यापी सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक प्रदान गरेकी हुन् ।

राष्ट्रसंघमा भारतीय नियोगले भाषागत समावेशिताका लागि स्थायी प्रतिनिधि कम्बोजमार्फत् भारतले राष्ट्रसंघलाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ ।

यसबाट हिन्दी भाषामा राष्ट्रसंघीय गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थायी प्रतिनिधि कम्बोजले भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर लागि रहने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको