नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह « Khabarhub

नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले नेपाल र पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सीधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो ।

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसँग आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ ।

यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन ।’

नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरु तयार रहेको अध्यक्ष मल्लले बताए ।

निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।

पाकिस्ताबाट नेपालले अहिले औषधी, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको छ भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागो लगायतका वस्तु निर्यात गर्ने गरेको छ ।

काठमाडौं कराँचीबीच सीधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लले बताए । यस्तै, पर्यटन गतिविधि वढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ । पाकिस्ताबाट वार्षिक औषत ४ हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् ।

राजदूत हास्मीलाई स्वागत गर्ने क्रममा अध्यक्ष मल्लले भने, ‘दुई मुलुकबीचको सीधा हवाई सेवा विस्तार हुने हो भने हालको व्यापार र पर्यटकीय गतिविधिलाई १० गुणा सम्मले वृद्धि गर्न सकिन्छ, ।’

नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुनेगरी आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा हास्मीले जोड दिए ।

यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने उनको भनाइ छ । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधी विस्तारका लागि आफूले पहल गर्ने राजदूत हास्मीले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : ०५ बजे

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या