डीएसपी ठगबहादुर केसी बर्खास्त « Khabarhub

डीएसपी ठगबहादुर केसी बर्खास्त


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा मंगलबारदेखि लागु हुने गरी केसीलाई बर्खास्त गरिएको हो ।प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐनविपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउनगृह मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारीसँग रितपूर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैंले लिन खोजेको उनीमाथि आरोप रहेको छ । केसीमाथि अनुसन्धान गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

केसीले बुटवलका एक सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको छानबिन टोलीले ठहर छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : १७ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल