चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै अलपत्र « Khabarhub

चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै अलपत्र


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् । यसबाट एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए ।

सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएको जनाइएको छ ।

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ । मालवस्तु आयात–निर्यात गर्ने प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन् ।

सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ ।

यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट एक अर्ब तीन करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कवापतको राजस्व सङ्कलन भएको छ । साउनमा लक्ष्यभन्दा ३० दशमलव २६ प्रतिशतले राजस्व वृद्धि भएको बताइन्छ ।

चीनबाट जुत्ता, चप्पल, रेडिमेट कपडा, विद्युतीय उपकरण, रोल कपडा, बच्चाका खेलौनालगायतका विविध सामग्री आयात भएको बताइएको छ । साउनमा तीन सय ५० वटा कन्टेनरमार्फत चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

माल सामग्री परीक्षण कार्यमा कडाइ गरिएको र आफूले मगाएको सामानमा ब्राण्ड फरक पारी गलत घोषणा गर्ने कम्पनी वा फर्मका प्रतिनिधिलाई थप मूल्यको ५० प्रतिशत जरिवानासमेत गर्न थालिइएको छ ।

यसबाट चालु आवको पहिलो महिनामै त्यस्ता गलत विवरण भर्ने व्यापारीका प्रतिनिधिबाट आठ करोडभन्दा बढी जरिवाना गरिसकिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : २२ बजे

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल