आर्थिक संकटले चीनको निर्माण क्षेत्रमा तरंग | Khabarhub Khabarhub

आर्थिक संकटले चीनको निर्माण क्षेत्रमा तरंग

रियलस्टेट कम्पनीमा आग्लो लाग्दै



विश्वको दोस्रो ठुलो आर्थतन्त्रयुक्त मुलुक चीन आर्थिक संकटमा फसेको छ। अर्थतन्त्रमा आएको संकट टार्न विभिन्न आन्तरिक विकल्प प्रयोग गर्दागर्दै सबैभन्दा ठूलो संकट चीनको निमार्ण क्षेत्रमा देखिन थालेको एजेन्सीले उल्लेख गरेका छन्।

मुलुकको कुल गार्हस्थ उत्पादनमा मन्दी आएको छ। विश्व बजारमा चीनबाट भइरहेको निर्यात ओरालो लागेको छ। आन्तरिक खपत तथा आर्थिक गतिविधि सुस्ताएका छन्। राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीको उत्पादन निरन्तर घट्दो छ।

चीनको केन्द्रीय बैंकमा काम गरिसकेका अन्तर्राष्ट्रिय मुद्राकोषका वरिष्ठ अधिकारी झु मिनका अनुसार, कोरोना भाइरसको महामारीका कारण चीनको अर्थतन्त्रमा केही दशक यताकै गम्भीर संकट देखा परेको हो। वर्षको पहिलो त्रैमासिक समीक्षामा चीनको अर्थतन्त्र सन् १९९२ यताकै कमजोर देखिएको छ। पछिल्लो आधिकारिक तथ्यांक अनुसार पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्रमा पाँच प्रतिशत भन्दा बढीले गिरावट आएको छ। जताततै राज्यको पैसा खर्च भएको छ। ऋण असुल्न कठिन छ। आर्थिक समस्यामा परेको क्षेत्रमा प्रोत्साहनसहितको लगानी गर्नसक्ने अवस्था छैन।

विश्वको दोस्रो ठुलो आर्थतन्त्रयुक्त मुलुक चीन आर्थिक संकटमा फसेको छ। अर्थतन्त्रमा आएको संकट टार्न विभिन्न आन्तरिक विकल्प प्रयोग गर्दागर्दै सबैभन्दा ठूलो संकट चीनको निमार्ण क्षेत्रमा देखिन थालेको एजेन्सीले उल्लेख गरेका छन्।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको शतप्रतिशत हुने अवस्था छ। संसारमै धेरै सार्वजनिक ऋणको कीर्तिमान बनाई रहेको चीन सरकारले, अर्थतन्त्रका लागि अब अभिशाप मात्रै झेल्नुपर्छ। यो सी चीन फिङको कार्यकालको असफलताको परिणाम मानिने छ।

समाचार रिपोर्ट अनुसार, अधिकांश उद्योग तथा व्यवासय बन्द हुँदा चिनियाँ अर्थतन्त्रमा गम्भीर असर परेको हो। चीनको अर्थतन्त्रमा आएको गिरावटले विश्वकै अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त भइरहेको बेला, यही साता चीनको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी चाइना एभरग्रेन्ट कम्पनीले टाट पल्टिएको घोषणासहितको निवेदन दर्ता गरेको छ। समाचार अनुसार एभरग्रिन विश्वको सबैभन्दा धेरै अर्थात ३३० अर्ब अमेरिकी डलर भन्दा बढी कर्जा भएको रियलस्टेट कम्पनी हो।

पछिल्लो पटक टाट पल्टिएको घोषणा गरेको एभरग्रेन्ट एउटा उदाहरण मात्रै हो। यो कम्पनी सन् २०२२ को मार्च मै शेयर बजारमा निलम्बनमा परिसकेको थियो। त्यसबेला ८१ अर्ब डलर घाटा देखिएपछि, चाइना एभरग्रिण्ड न्यू ईनर्जी कम्पनीसमेत संकटमा फसेको तथ्य बाहिर आयो। चीनको झण्डै आधा रियलस्टेट क्षेत्रमा कब्जा जमाएको एभरग्रेन्टको विद्युतीय सवारी, स्वास्थ्य, खाद्यान्न तथा पेय उद्योगमा ठूलो लगानी छ।

सन् २०२१ बाटै चीनमा घरजग्गाको कारोबार ओरालो लागेको थियो। तर आन्तरिक रुपमा सम्हाल्ने विकल्प प्रयोग गर्दागर्दै पनि चीनको दोस्रो ठूलो रियलस्टेट कम्पनी एभरग्रेन्टले टाट पल्टिएको घोषणा गरेको छ। यो सिलसिला केही महिना भित्रै थप विकराल बन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

यही साता चीनको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी चाइना एभरग्रेन्ट कम्पनीले टाट पल्टिएको घोषणासहितको निवेदन दर्ता गरेको छ। समाचार अनुसार एभरग्रिन विश्वको सबैभन्दा धेरै अर्थात ३३० अर्ब अमेरिकी डलर भन्दा बढी कर्जा भएको रियलस्टेट कम्पनी हो।

आर्थिक वृद्धिदर ओरालो लागिरहेको बेला, डलरसँग प्रतिस्पर्धा गरिरहेको युआनको भाउ नै घटेको छ। अमेरिकन इन्टर प्राइजेज इन्स्टिच्युटका फेलो डेरेक सिजर भन्छन्, यो ओरालो यात्राको मुख्य कारण कोभिड मापदण्डमा तीन वर्ष लगाइएको कडाइ कै परिणाम हो। बाढी र भेलको असरले पनि चीनलाई यही संकटको बेला गाँजेको छ। विद्युत् र हाइड्रोपावर क्षेत्रमा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ।

चीनको तथ्याङ्क विभागका अनुसार सात महिनाको अवधिमा फलाम तथा स्टिल उद्योगले ८० प्रतिशत नाफा गुमाएका छन्। यो निमार्ण क्षेत्रमा आएको मन्दीको परिणाम हो। टेन्सेन्ट र अलीबाबाको आम्दानी यही वर्ष ५० प्रतिशतले घटेको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीन सेवा तथा वस्तुको ठूलो उपभोक्ता र उत्पादक हो। सन् १९९२ देखि अर्थतन्त्रको त्रैमासिक तथ्यांक राख्न थालिएयता चीनको अर्थतन्त्रमा यसरी गिरावट आएको यो पहिलो पटक हो। अघिल्लो वर्षको पहिलो त्रैमासिकमा अमेरिकासँग व्यापार युद्ध चिरेर पनि ६.४ प्रतिशतको वृद्धि देखाइएको थियो। तर अर्थतन्त्रको वास्तविक सूचक बाहिर नआएका कारण भित्रभित्रै रियलस्टेट तथा ठूला उत्पादक कम्पनीमा धमिरा लागेको हुनसक्छ।

समाचार अनुसार, चीनमा विदेशी लगानी घट्दो छ। आर्थिक संकट बढेपछि चीनले आर्थिक गतिविधिमा निगरानी बढाएको छ। धेरै विदेशी कम्पनी चीनबाट बाहिरिने हतारमा छन्। उता अमेरिकी राष्ट्रपति जो बाइडनले चीनको उन्नत प्रविधि सम्बन्धी उद्योगमा अमेरिकी लगानी सीमित गर्ने घोषणा गरेपछि, चीनमा थप लगानीका संभावना बन्द भएका छन्।

चीनको तथ्याङ्क विभागका अनुसार सात महिनाको अवधिमा फलाम तथा स्टिल उद्योगले ८० प्रतिशत नाफा गुमाएका छन्। यो निमार्ण क्षेत्रमा आएको मन्दीको परिणाम हो। टेन्सेन्ट र अलीबाबाको आम्दानी यही वर्ष ५० प्रतिशतले घटेको छ।

साथै अमेरिकाको एक संसदीय समितिले ब्ल्याकरक र एम.एस.सी.आई.ले चीनमा प्रतिबन्धित कम्पनीमा गरिरहेको लगानीका विषयमासमेत छानबिन गरिरहेको छ। यसले चीनको उन्नत प्रविधि सम्बन्धी उद्योगमा पनि ठूलो संकट पैदा हुनसक्छ।

ब्ल्याकरक संसारको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी हो भने एम.एस.सी.आई सूचकांक कोष प्रदान गर्ने सबैभन्दा ठूलोमध्ये एक कम्पनी हो। अमेरिकाले यी दुबै कम्पनी माथि गरिरहेको निगरानीले चीनको अर्थतन्त्रमा अमेरिकी योगदान निकट भविष्य मै प्रष्ट हुनेछ।

भारी कर्जामा डुवेको चीनको एभरग्रेन्ट मात्र हैन सहयोगी कम्पनी तियान्जी होल्डीङसमेत टाट पल्टिएको छ। तियान्जी होल्डिङ्सले बैंक रप्सीका लागि अमेरिकामा बैंकरप्सीको अध्याय १५ अन्तर्गत् सुरक्षा मागेर निवेदन हालेको छ।

यो निवेदनपछि अब क्रेडिटर्श अर्थात् लेनदेनका सन्दर्भमा कम्पनीविरुद्ध मुद्दा मामिला गर्न पाइने छैन। यसबाट चीनको कुल रियलस्टेट बजारको ४० प्रतिशत हिस्सा ओगटेको कम्पनी मात्र डुबेको छैन यसको चौतर्फी असर देखिन थालेको छ। थुप्रै निमार्णाधीन आयोजना रोकिँदा बेरोजगारी चरम सीमामा पुगेको छ।

सस्तो श्रमका कारण साढे दुई दशकयता विश्व कै कारखाना बनेको चीनमा आर्थिक गतिविधि सुस्ताएपछि उपभोग घट्दो छ र चीन सरकारले बेरोजगारी तथ्यांकसमेत सार्वजनिक गर्न बन्द गरेको छ। यूबीएस ग्लोबल वेल्थ म्यानेजमेन्टको विश्लेषण अनुसार, चीनको आर्थिक वृद्धि सुस्त हुँदा तेलको माग घटेको छ। त्यसैको प्रभाव विस्तारै विश्व बजारमा तेलको मूल्य ओरालो लागेको छ। यापल, इन्टेल, फोर्ड र टेस्ला जस्ता कम्पनीको कारोवार सुस्ताउँदा चिनियाँ ग्राहकमा निर्भर स्टारबक्स र नाइकी जस्ता कम्पनी समेत यसको प्रभावमा पर्न थालेका छन्।

बैंक अफ अमेरिकाले सार्वजनिक गरेको चीनमा सबैभन्दा बढी जोखिमयुक्त कम्पनीको सूचीमा परेको लस भेगास स्यान्ड्सको शेयर मूल्य नै अघिल्लो महिना करिब १० प्रतिशतले घटेको छ। यो अमेरिकी क्यासिनो कम्पनीको ६८ प्रतिशत राजस्व चीनबाट आउने गरेको तथ्यांक छ।

सस्तो श्रमका कारण साढे दुई दशकयता विश्व कै कारखाना बनेको चीनमा आर्थिक गतिविधि सुस्ताएपछि उपभोग घट्दो छ र चीन सरकारले बेरोजगारी तथ्यांकसमेत सार्वजनिक गर्न बन्द गरेको छ।

अमेरिकाको सेमीकन्डक्टर निर्माता क्वालकमको शेयर पनि एक महिना मै ११ प्रतिशतले घटेको छ। यसको ६७ प्रतिशत आर्थिक कारोबार चिनियाँ बजारमा निर्भर रहेको मानिन्छ। सिएनएनका अनुसार, एनभिडिया, विन रिसोर्ट्स र एमजीएम रिसोर्ट्सले चीनमा गरेको लगानीसमेत आठ वर्षयता कै न्यूनस्तरमा झरेको छ।

निमार्ण तथा प्रविधिका क्षेत्रमा ठूलो लगानी गरिरहेको चीनमा रियलस्टेट र प्रविधि क्षेत्रको लगानी नै डुब्न थालेपछि अमेरिका र पश्चिमी देशका धेरै कम्पनीले चीनमा आफ्नो व्यापार घटाउन थालेका छन्। विश्व बजारमा चीनमाथिको निर्भरतासमेत घट्न थालेको देखिन्छ।

अहिले अर्थतन्त्रमा आएको संकट टार्न धेरै अस्पष्ट प्रतिबद्धता आएका छन्। तर यसले धेरै काम गरिरहेको छैन। आइ.एन.जी.का लागि एसिया प्यासिफिक अनुसन्धानकर्ता रोबर्ट कार्नलले भनेका छन्। अहिलेसम्मकै खराब अवस्थामा रहेको प्रोपर्टी बजारलाई सन्तुलनमा ल्याउन ब्याजदरमा आएको परिवर्तनले केही सकारात्मक संकेत त देखाएको छ। तर यो दीर्घकालीन होइन।

वासिङ्टनमा आधारित गैर पर्सिएन थिङ्कट्यांक फाउन्डेसन फरडिफेन्स अफ डेमोक्रेसीका चिनियाँ फेलो क्रेग सिंगस्टेनका अनुसार, चीनमा अल्पकालीन समाधानको बाटो खोजिएको छ। निजी पुँजीलाई आकर्षित गर्ने कुनै नयाँ योजना आएको छैन।

निमार्ण तथा प्रविधिका क्षेत्रमा ठूलो लगानी गरिरहेको चीनमा रियलस्टेट र प्रविधि क्षेत्रको लगानी नै डुब्न थालेपछि अमेरिका र पश्चिमी देशका धेरै कम्पनीले चीनमा आफ्नो व्यापार घटाउन थालेका छन्।

कोभिडपछि चिनियाँ अर्थतन्त्रको लय गुमेको हो। तत्काल सम्हालीन मुस्किल छ। पछिल्ला आर्थिक तथ्यांक हेर्ने हो भने चीनको अर्थतन्त्र अहिलेसम्मकै कम आर्थिक वृद्धि दरबाट गुज्रिएको छ। यसले अझ खराब दिनको सम्भावना संकेत गर्छ।

फ्रान्सको राष्ट्रिय वाणिज्य बैंक एसिया प्यासिफिक फर नेटीफीक्सका प्रमुख अर्थशास्त्री एलिसिनया गार्सीया हालेलो, चिनियाँले स्थानीय बजारमा पैसा खर्च गर्न छाडेका छन्। चिनियाँ राजनीतिक प्रणालीका कारण एक दशकयता चीनबाट ठूलो मात्रामा पुँजी पलायन भएको छ।

गत वर्ष नै १८ ट्रिलियन डलर घरेलु ऋण प्रवाह गरेको चीन सरकारको १० ट्रिलियन अमेरिकी डलर त कोभिड महामारी र प्राकृतिक विपत्तिका कारण उठाउनै नसकिने गरेर फसेको छ। यो चिनियाँ अर्थतन्त्रको अर्को संकट हो।

सन् २००८ मा विश्वव्यापी मन्दी र आर्थिक संकटबाट पार पाउन चार ट्रिलियन अमेरिकी डलर बजारमा पठाएरमाथि उठेको चिनियाँ अर्थप्रणालीमा अहिले पनि आर्थिक उत्थानका लागि त्यस्तै ठूलो लगानी आवश्यक छ। तर बीआरआईका नाममा भइरहेको विश्वव्यापी लगानी र खराब कर्जाका कारण अहिले चीन सरकारसँग सञ्चित रकमको पनि अभाव छ।

घरेलु ऋणमा वृद्धि भएको छ। घरजग्गा र निमार्ण क्षेत्रमा आएको समस्याले स्थानीय सरकार थला पर्न थालेका छन्। गत वर्ष नै १८ ट्रिलियन डलर घरेलु ऋण प्रवाह गरेको चीन सरकारको १० ट्रिलियन अमेरिकी डलर त कोभिड महामारी र प्राकृतिक विपत्तिका कारण उठाउनै नसकिने गरेर फसेको छ। यो चिनियाँ अर्थतन्त्रको अर्को संकट हो।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १० : १६ बजे

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा