पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध « Khabarhub

पहिरोले सिद्धिचरण लोकमार्ग अवरुद्ध


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि ओखलढुङ्गा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुङ्गाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् ।

निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १० : ५६ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका