टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।

बायोमास ओभलमा जारी खेलमा टस जितेर मलेसियाले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाइृ ३४ रनले पराजित गरेको थियो ।

मलेसियाविरुद्धको सिरिजको लिगको अन्तिम खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । ईश्वरी विष्ट प्लेइंग ११ बाट बाहिरिदा तीब्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किएकी छिन् ।

नेपाली महिला टिमले यो सिरिजपछि थाइल्याण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ । त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी– २० विश्वकपको एसिया छनोट खेल्ने छ ।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।

आईसीसी महिला विश्वकप एसिया छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बर (भदौ १४ देखि भदौ २३) सम्म मलेसियामा नै हुनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १२ : २८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को