टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।

बायोमास ओभलमा जारी खेलमा टस जितेर मलेसियाले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाइृ ३४ रनले पराजित गरेको थियो ।

मलेसियाविरुद्धको सिरिजको लिगको अन्तिम खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । ईश्वरी विष्ट प्लेइंग ११ बाट बाहिरिदा तीब्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किएकी छिन् ।

नेपाली महिला टिमले यो सिरिजपछि थाइल्याण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ । त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी– २० विश्वकपको एसिया छनोट खेल्ने छ ।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।

आईसीसी महिला विश्वकप एसिया छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बर (भदौ १४ देखि भदौ २३) सम्म मलेसियामा नै हुनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १२ : २८ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल