पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु « Khabarhub

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ ।

हनुमानढोका दरबार क्षेत्रको भूतिसतलमा बसेर १२ वर्षमा खड्ग साट्ने पचली भैरवको जात्राका लागि यस वर्ष तयारी सुरु गरिएको श्री पचली भैरव श्री भद्रकाली (लुमधि) अजिमाको बाह्रवर्षे खड्ग सिद्धि जात्रा गुठी व्यवस्थापन समितिले जनाएको छ ।

खड्ग साटेसँगै पचली भैरवको खड्ग सिद्धि नाच राजधानीका विभिन्न भागमा एक वर्षसम्म प्रदर्शन गर्ने विधि रहेको छ ।

काठमाडौँ महानगरपालिका–२१ ज्याबहालमा नयाँ निर्माण गरिएको पचली भैरवको देवता घरमा नाचको तयारी गठेमङ्गल पर्वदेखि सुरु गरिएको जात्रा व्यवस्थापन समितिका सचिव भरत मालीले जानकारी दिए ।

यस वर्षको विजयादशमीका अवसरमा आगामी कात्तिक ७ गते मङ्गलबारदेखि सुरु हुने नाचका लागि कामिका एकादशीका दिन हनुमानढोका दरबार सङ्ग्रहालयमा रहेको पूर्वराजाको खड्गमा सुपारी र दामसहित निमन्त्रणा गरिएको उनको भनाइ छ ।

मालीका अनुसार राजतन्त्र हुञ्जेल राजासँग खड्ग साट्ने जात्रा १२ वर्षमा गर्ने गरिएको थियो । ‘राजतन्त्रको अन्त्यपछि नाच र जात्रा गर्ने गरिए पनि खड्ग साट्ने परम्परामा केही नयाँपन आएको छ । यसअघि २०६८ सालमा भएको जात्रामा तत्कालीन राष्ट्रपति डा रामवरण यादवसँग खड्ग साट्ने वा नसाट्ने विषयमा बहस भएको थियो’, उनले भने, ‘जात्रा व्यवस्थापन समितिले गुरुहरुसँगको सल्लाहमा त्यस बेला खड्गलाई एकापसमा छुवाउने निर्णय भएको थियो ।’

यसपटक भने तलेजु भवानीका पुजारीसँगको सल्लाहमा खड्गलाई आसनमा राख्न लागिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

यसका लागि आसनको निर्माण पनि भइसकेको समितिका सचिव मालीले जानकारी दिए । उनका अनुसार जात्राको तयारीका लागि हाल दैनिकरुपमा देवताको घर रहेको वडा नम्बर २१ को कार्यालयमा नाचको तयारी भइरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  २ : ३९ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन