नेपाल मलेसियासँग ६ विकेटले पराजित « Khabarhub

नेपाल मलेसियासँग ६ विकेटले पराजित


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

बायोमास ओभल मैदानमा नेपालले दिएको ८५ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे । यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ ।

नेपालविरुद्ध मलेसियालाई जित दिलाउन अनिना हमिजाह हासिमले ३७ रनको नटआउट पारि खेलिन् । यसैगरी महिराह इस्माइलले २१ रन बनाउँदा वान जुलियाले ८ रनको योगदान गरिन् । नेपालका लागि पुजा महतो, सिता रानामगर, रुविना क्षेत्रीले एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे। बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २–२ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो। 

सिरिजपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा दुई टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ०१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को