'सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छ'  | Khabarhub Khabarhub

‘सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छ’ 


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएका छन् ।

चाँगुनारायण नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सूत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे । 

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए। 

‘देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,’ उपप्रधानमन्त्री खड्काले भने, ‘यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ ।’

सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, ‘तपाईंहरू सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।’

देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उनले  सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट सुधारका लागि लागिरहेको बताउँदै सरकारको ध्यान आर्थिक उन्नति भएको पनि स्पष्ट पारे। 

उपप्रधानमन्त्री खड्काले भने, ‘जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धि हासिल भएको हो । जनताकै मतबाट निर्वाचित भएर हामी आएका हौँ भन्ने भुल्नु हुँदैन ।’

उनले छालिङ जाने सडकका विस्तारदेखि स्मार्ट सिटी निर्माणको निर्णय नहुँदा जनतामा परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याका निकास निकाल्न पहल गर्ने बताए।

सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले समृद्ध नेपाल बनाउने संकल्पका साथ अगाडि बढेको बताउँदै यहाँको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता र त्यसपछि सडकलाई प्राथमिकतामा राखेर जानुपर्ने औँल्याउँदै यहाँको सडकको दुरावस्थाले कहाँ जाँदैछौँ भनेर अन्योल बनाएको टिप्पणी गरे  ।

सांसद थापाले भने, ‘आगामी चार वर्षभित्र यहाँको मात्रै होइन चाँगुको सबै बाटोले पूर्णता पाओस्, भत्केको पाटी नगरकोटले छिट्टै पूर्णता पाओस्, देकोचा चाँगुनारायण, साँखु सडक, खरिपाटी ब्यारेक मत्स्यनारायण सडकले छिटो पूर्णता पाउनुपर्छ ।’ उनले देशको आर्थिक स्थिति मजबुत बनाएर विकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशसभाका पूर्वमन्त्री कृष्णलाल भँडेलले स्मार्ट सिटीको अवधारणाले गति नलिँदा यहाँ जग्गा कित्ताकाट रोकिएको र यसले यहाँका जग्गाधनीलाई समस्या भएको बताए। महादेव खोला परियोजनाका नाममा आएको बजेटले भक्तपुरमा खानेपानी, सिँचाइ र विद्युत् उत्पादनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 

बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले वडा कार्यालय र स्वास्थ्य चौकीले सुविधा सम्पन्न नयाँ भवन पाएजस्तै जनताले पाउने सेवामा पनि सुविधा र गुणस्तरीय हुनुपर्ने धारणा राखे । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकालले छालिङ जाने सडकको दुरावस्था प्राधिकरणकै कारण ढिला भएको भन्दै स्मार्ट सिटी स्वीकृत भए यो ठाउँ नयाँ सहरका रुपमा विकास हुने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले चालु आवमा विनियोजन गरेको रु एक अर्ब ७९ करोड बजेटमध्ये अधिकांश विकासमै खर्च गर्ने बताए। उनले यहाँको बाटोको अवस्था देख्दा दुःख लागेको बताउँदै चाँगुनारायणको आर्थिक, पूर्वाधार, पर्यटनको विकास गरी सुविधा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको क्षेत्रको विकासमा नगरपालिकाले योजनाहरू अगाडि बढाइरहेको बताउँदै जनताको माग र सुझावका आधारमा जनप्रतिनिधि अगाडि बढेको विश्वास व्यक्त गरे । 

वडा नं ५ का वडाध्यक्ष जयन्द्र खड्काले नेपाली सेनाको ब्यारेकदेखि छालिङ जाने सडक विस्तारमा सेनाले आफ्नो सिमानामा पर्खाल लगाइदिए आगामी दशैँ अगाडि फुटपाथसहितको सडक निर्माण सम्पन्न गरिसक्ने बताए  । यस वडाको ७० किलोमिटर सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको भन्दै तीन तहकै सरकारको बजेटले प्राथमिकतामा राखिदिए यस क्षेत्रलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २० बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि