हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म सत्ताको राजनीति गर्दैनौँ : कमल थापा « Khabarhub

हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म सत्ताको राजनीति गर्दैनौँ : कमल थापा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी सत्ताको खेलमा सहभागी नहुने बताएका छन् । 

बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गराउन टाउको कफन बाँधेर आन्दोलनमा उत्रिएको बताए । 

यसका लागि आ–आफ्नो स्थानमा गएर सङ्घर्षको मैदानमा उत्रिन कार्यकर्तालाई निर्देशन दिँदै उनले ६ महिनाभित्र आफूहरूको लक्ष्य प्राप्त हुने दाबी गरे ।  काठमाडौँसहित देशका विभिन्न भाग सभाको आयोजना गर्ने भन्दै उनले यसलाई तेस्रो जनआन्दोलनमा रुपमा अगाडि बढाउने बताए । यस आन्दोलनमा सबैलाई सहभागी हुन उनको अपील छ । 

बेलैमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभए पछि पछुताउनुपर्ने भन्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए । राजसंस्था पुनर्स्थापना गर्न आफूहरू सफल हुने र पार्टीको मूल एजेण्डा रहने भन्दै उनले यसका लागि आन्दोलन घोषणा गरिएको बताए । 

कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिता पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरूलाई आग्रह गरे । 

जनता र राजा मिलेर देश बचाउनुपर्ने भन्दै घोषणा सभामा नारा लगाइएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग