स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस « Khabarhub

स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बंगलादेशसुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् । 

हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज  बंगलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका  १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ । 

शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ । शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलब्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलब्ध भएको छ । 

‘हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ  होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ। उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्,’ रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् । शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद  करिब दश हजार शरणार्थी विरोध प्रदर्शनमा सहभागी भएका थिए । 

विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन् ।

बंगलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई  घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ५६ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र