ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने « Khabarhub

ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई– ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जाने भएकी छन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो । 

राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन आगामी सेप्टेम्बर ५ मा त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिको कार्यालयका प्रवक्ता ओलिभिया लिनले जनाएका छन् ।

स्वदेश फर्कनु अघि उनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागानी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ । द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लागेको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् । 

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ । 

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ । सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ ।

पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ६ : २३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी