मानव बेचबिखन नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन « Khabarhub

मानव बेचबिखन नियन्त्रणमा प्रभावकारी कदम चाल्न निर्देशन


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उनले ब्युरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिए।

मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उनले आग्रह गरे । प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए । 

महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढंगबाट काम गर्नुपर्नेमा जोड दिए। मानव बेचबिखन संवेदनशिल विषय भएको र नेपाली धेरै विदेशमा काम गर्न जाने हुँदा सेवा ग्राहीलाई गर्ने व्यवहार पनि सेवाग्राही मैत्री हुनुपर्नेमा उनले जोड दिए। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनका घटना बढिरहेकाले त्यसतर्फ सचेत हुन पनि उनले आग्रह गरे । 

सो क्रममा ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ब्युरोले गरेका कामकारवाही र प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको बताए । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ६ : ३३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी