धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील « Khabarhub

धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरूले सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् ।

शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्भाव नभड्काउन अपील गरेका हुन् ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यसैले साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको  समेत गरेको छ  ।

विज्ञप्तिमा नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ, नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेससपा इन्चार्ज दिनेश राई, सलोराम इन्चार्ज भुपेन्द्र सुन्दर लावती, राजमुपा नेपालका उपमहासचिव विष्णु थाम्देन, खिसपा अध्यक्ष भुपी कायी र विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदन कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ६ : ४२ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक