माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास सुविधा « Khabarhub

माछापुच्छ्रे बैंकले ल्यायो ‘प्रायोरिटी एयरपोर्ट लाउन्ज’ पास सुविधा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउदै आएको यस बैंकले एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस भनी यो सुविधा ल्याएको हो । 

जसअन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा पाउने छन् । 

यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के.ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरूमा अवस्थित १४०० एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरू मा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्रायोरिटी पासले उडान गर्नु अघि,एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजा वा निशुल्क वाईफाई  प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरूसहित लाउन्जको अनुभव प्रदान गर्दछ । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०२ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने