अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा « Khabarhub

अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। 

लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताए। बाढीले नदी किनार आसपास माटो कटान गर्न थालेपछि तटीय क्षेत्रमा रहेका ती घर बाढीको जोखिममा परेका हुन् । अध्यक्ष भोटेका अनुसार विस्थापित एक घरलाई सुरक्षित स्थानमा सारिएको छ । 

अरुण नदीबाट भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए।  

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ०६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित