विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त « Khabarhub

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

क्रेमलिनका अनुसार डोनेत्सकका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको भेटमा पुटिनले भने,’जहाँसम्म विमान दुर्घटनाको कुरा छ, सर्वप्रथम म मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।’

रूसी नेता पुटिनले भने, ‘म प्रिगोजिनलाई सन् १९९० को दशकको सुरुदेखि नै धेरै पहिलेदेखि चिन्दछु । उहाँले आफ्नो जीवनमा गम्भीर गल्ती गर्नुभयो तर मैले उहाँलाई सोध्दा यी पछिल्ला महिनाहरूमा जस्तै उहाँले आफ्नो र साझा उद्देश्यका लागि आवश्यक परिणामहरू पनि हाँसिल गरेको बताउनुभएको थियो ।’

मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको एउटा निजी एम्ब्रेयर विमान बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको रूसको आपतकालीन सेवामाममिला हेर्ने मन्त्रालयले जनाएको छ ।

रूसी फेडरल एजेन्सी फर एयर ट्रान्सपोर्टले वाग्नर सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिन पनि विमानमा सवार यात्रुमध्ये एक रहेको पुष्टि गरेको छ । पुटिनका अनुसार प्रिगोजिन बुधबार अफ्रिकाबाट फर्किएका थिए । उनले रूसका केही अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रिगोजिनमाथि गत जुनमा रूसमा सशस्त्र विद्रोह गर्ने प्रयास गरेको आरोप लागेको थियो । जुन २४ मा, प्रिगोजिन रोस्तोभ–अन–डोन शहरमा रूसी सशस्त्र बलको दक्षिणी सैन्य जिल्लाको मुख्यालयमा प्रवेश गरेका थिए ।

मस्को र प्रिगोजिनबीच बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा सम्झौता भएको बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : २१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको