हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न « Khabarhub

हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’ सम्पन्न भएको छ  । आज इटहरीस्थित सोल्टि वेष्टनमा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा  हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न गरिएको हो । 

उक्त अवसरमा पत्रकार समुह तथा हुलास वायर इन्डष्ट्रिजमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो । हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री थापा, हुलास वायरका अध्यक्ष राजलक्ष्मी गोल्छा,  तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामूहिकरुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको समुद्घाटन गरेका थिए । 

सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरूलाई अध्यक्ष गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री थापा, ब्रान्ड एम्बेस्डर लामा, एमडी युक्ति गोल्छाद्धारा सम्मानपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री थापाले हुलास वायर इण्डष्ट्रिजलाई आगामी दिनमा कम्पनीको उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत दिएका थिए । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ३३ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी