विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज भदौ ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने
ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जाने भएकी छन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो ।

राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन आगामी सेप्टेम्बर ५ मा त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिको कार्यालयका प्रवक्ता ओलिभिया लिनले जनाएका छन् ।

स्वदेश फर्कनु अघि उनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागानी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ । द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लागेको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् ।

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ । सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ ।

पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ ।

स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस

सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।

हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज बंगलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ ।

शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ । शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलब्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलब्ध भएको छ ।

‘हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ। उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्,’ रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् । शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद करिब दश हजार शरणार्थी विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन् ।

बंगलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ ।

ट्रम्पद्वारा जर्जियास्थित काउन्टी जेलमा आत्मसमर्पण, २० मिनेटमै रिहा

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरूले पनि फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।

त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारीरिक हुलियाको पनि रेकर्ड राखिएको थियो । आत्मसमर्पण गर्दा ट्रम्पको औंठा छाप र अनुहारको फोटो लिइएको छ ।

जेलमा २० मिनेट बिताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेलमा पुग्दा उनका समर्थकहरू पनि भेला भएका थिए ।

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

क्रेमलिनका अनुसार डोनेत्सकका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको भेटमा पुटिनले भने,’जहाँसम्म विमान दुर्घटनाको कुरा छ, सर्वप्रथम म मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।’

रूसी नेता पुटिनले भने, ‘म प्रिगोजिनलाई सन् १९९० को दशकको सुरुदेखि नै धेरै पहिलेदेखि चिन्दछु । उहाँले आफ्नो जीवनमा गम्भीर गल्ती गर्नुभयो तर मैले उहाँलाई सोध्दा यी पछिल्ला महिनाहरूमा जस्तै उहाँले आफ्नो र साझा उद्देश्यका लागि आवश्यक परिणामहरू पनि हाँसिल गरेको बताउनुभएको थियो ।’

मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको एउटा निजी एम्ब्रेयर विमान बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको रूसको आपतकालीन सेवामाममिला हेर्ने मन्त्रालयले जनाएको छ ।

रूसी फेडरल एजेन्सी फर एयर ट्रान्सपोर्टले वाग्नर सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिन पनि विमानमा सवार यात्रुमध्ये एक रहेको पुष्टि गरेको छ । पुटिनका अनुसार प्रिगोजिन बुधबार अफ्रिकाबाट फर्किएका थिए । उनले रूसका केही अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रिगोजिनमाथि गत जुनमा रूसमा सशस्त्र विद्रोह गर्ने प्रयास गरेको आरोप लागेको थियो । जुन २४ मा, प्रिगोजिन रोस्तोभ–अन–डोन शहरमा रूसी सशस्त्र बलको दक्षिणी सैन्य जिल्लाको मुख्यालयमा प्रवेश गरेका थिए ।

मस्को र प्रिगोजिनबीच बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा सम्झौता भएको बताइएको छ ।

चीनमा ६ सय फिट गहिरो सिंकहोल भेटियो

संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन्, जसको बारेमा मानिसलाई पूर्ण जानकारी छैन। यी सबै ठाउँहरू प्रकृतिको करिश्मा हुन् जसले हामीलाई विश्वस्त गराउँछ कि संसारमा निश्चित रूपमा कुनै त्यस्तो शक्ति छ, जो हामी भन्दा धेरै शक्तिशाली र सर्वशक्तिमान् छ।

यस्तै करिश्मा चीनमा पनि देखिएको छ । यहाँ ६ सय फिट गहिरो सिंक होल भेटिएको छ । अचम्म लाग्छ यो खाडल ९विशाल सिंकहोल चाइना० लाई हेर्दा यो पाताल लोक हो र यसमा अर्कै संसार छ ।

डेली मेल न्युज वेबसाइटको रिपोर्ट अनुसार चीनको ६३० फिट गहिरो सिङ्क होल ९प्राचीन वन विश्व चीन० मा विशाल प्राचीन वन फेला परेको छ । गत वर्ष मे महिनामा वैज्ञानिकहरूको गुफा अन्वेषण टोलीले चिनियाँ ‘जियोपार्क’ मा भूमिगत रहस्य पत्ता लगाएको थियो।

यो घटनालाई चीनमा‘‘तियानकेंग’ वा ‘स्वर्गीय गड्ढे’ पनि भनिन्छ। लेये फेंगशान यूनेस्को ग्लोबल जियोपार्क गएका थिए, जहाँ सिंकहोल फेला परेको थियो, यो दक्षिण पश्चिम चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा अवस्थित छ।

जियोपार्कलाई युनेस्कोको वेबसाइटमा ‘मुख्यतया ६०५ डेभोनियनदेखि पर्मियन कार्बोनेट चट्टान ३००० मिटर बाक्लो भएको तलछटु भनेर वर्णन गरिएको छ।

यो गुफाहरूको क्षेत्र र संसारको सबैभन्दा लामो प्राकृतिक पुलको रूपमा परिचित छ। अनुसन्धानकर्ताहरूले भनेका छन् कि यी पुरातन वनहरू पहिले अज्ञात वनस्पति र जनावर प्रजातिहरूको घर हुन सक्छ। चीनमा यति ठूलो सिङ्कहोल भेटिएको यो पहिलो पटक भने होइन ।

चिनियाँ सरकारको समाचार एजेन्सी सिन्ह्वाका अनुसार देशमा यस्ता ३० वटा सिङ्कहोल भेटिएका छन् । यी सिङ्कहोलहरू विशेष छन्, किनभने तिनीहरूमा यस्ता अद्वितीय जीवहरू पाइन्छ।’

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ८ : ०० बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन